फेवा किनारमा उत्रिएपछि विवेकले भने –‘मुस्ताङ् दालसँग भात खाने बेला भयो’
पाेखरा | पुस ४, २०७९
बलिउडमा ‘कम्पनी’बाट डेब्यु अवार्ड जितेर स्टार बनेका अभिनेता विवेक ओबराय परिवारका ११ सदस्यसहित अहिले पोखरामा मस्ती गरिरहेका छन् ।
पोखराको लेकसाइड र डाडाँकाडाँमा फेरो मारिरहेका उनै ओबराय सोमबार दिउँसो प्याराग्लाइडिङ्मा मस्त थिए । स्काइलाइन प्याराग्लाइडिङका सञ्चालक तथा पाइलट भुवन गाहामगरकाे टाेलीलेभरेकाे उडानमा उनका परिवारका ४ जना बच्चा पनि थिए ।
फेवा किनारमा अन्तिममा टेकअफ गरेका ओबराय ग्लाइडरको हार्नेससहितै सुनगाभा न्यूजसँग गफिए । ‘नेपाल अझ पोखरा त घरजस्तै लाग्यो, हामी सबै रोमाञ्चित छौं’ ओबरायले भने ‘यहाँको उडान म र मेरो परिवारले जिन्दगीभर बिर्सने छैन ।’
भारत र नेपालबीच सयौं वर्षदेखि सांस्कृतिक सम्बन्ध रहेको भन्दै उनले यहाँको आतीथ्यता संसारकै उत्कृष्ट रहेको उनको भनाई छ । ‘यहाँ सबथोक रहेछ, अझ नेपाली मनको जति तारिफ गरेपनि कमै होला’ ओबरायले सुनाए ।

नेपालबाट फर्किएपछि पोखराको चर्चा गर्ने र पोखरा जीवनमा एकपटक घुम्नैपर्ने ठाउँ रहेको सन्देश दिने उनका उद्देश्य छ । त्यस्तै, ४ वर्षे छोरीसमेत सुरक्षिततवरले प्याराग्लाइडिङ्मा उडेको भन्दै पोखरेली प्यारापाइलटको खुलेरै प्रशंसा गरे ।
सोहीक्रममा ‘अब विवेकलाई सिनेमाको पर्दामा कहिले देख्न पाइन्छ ?’ भन्ने प्रश्नमा उनले ‘धारावी बैंक’ ओटीटीमा प्रशारण भइरहेको र हाल रोहित सेट्ठीको निर्देशनमा रहेको ‘इन्डियन पुलिस फोर्स’ अर्काे वर्ष रिलिज हुने जानकारी दिए ।
कुराकानीकैबीच परिवारका सदस्यले भोकाएको संकेत गरेपछि ओबरायले भने ‘अब लञ्चमा मुस्ताङ् दालसँग दबाएर भात खाने बेला भयो, सबैलाई नमस्ते !’
ओबरायका ‘कम्पनी’, ‘दम’, ‘साथियाँ’, ‘मस्ती’, ‘युवा’, ‘शुटआउट एट लोखण्डवाला’, ‘ओमकारा’लगायत फिल्म हिट छन् । त्यस्तै, उनका बुवा सुरेश ओबरायसमेत सुपरहिट अभिनेता हुन् ।
तस्बिर: सुशान्त गाहा मगर






संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

